Loading...

संविधान संशोधनका सम्बन्धमा सरकारले आज मोर्चासँग परामर्श गर्दै

काठमाडौ ७ मंसिर । 

संविधान संशोधन प्रस्तावलाई अघि बढाउने विषयमा थप परामर्श गर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले आज मधेशी मोर्चा आवद्ध दलका शिर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

सरकारले पछिल्लो समय संशोधन तयारीमा अघि सारेको चार वटा विषयमा आफूहरुको सहमति नरहेको भन्दै असन्तुष्ट बनेको मोर्चालाई मनाउने प्रयासमा सरकारका तर्फबाट उपप्रधानमन्त्री निधीले छलफल गर्न लाग्नु भएको हो ।

सरकारले तयार गरेको संविधान संशोधन प्रस्ताव मस्यौदामा मोर्चालाई मान्य हुनेगरी सहमतिको प्रयास गर्न मोर्चामा आवद्ध दलका शिर्ष नेतालाई आज बिहान छलफलका लागि बोलाइएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले औचित्य पुष्टी नभएसम्म संविधान संशाधन गर्न नदिने अडान लिएपछि सत्तारुढ दलका तर्फबाट एकलौटी रुपमा भएपनि केही दिनभित्रै संशोधन प्रस्ताव दर्ता गराउने तयारी स्वरुप सरकारले मोर्चासँग छलफल गर्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...