Loading...

जापानमा शक्तिशाली भूकम्प पछि सुनामीको लहर उठ्यो

एजेन्सी मंसीर  ७ । जापानमा आज बिहान स्थानिय समय अनुसार बिहान ६ बजेर २ मिनेटमा  ७.४ रेक्टरको रेक्टर स्केलको शक्तिशाली भूकम्प पछि फकुसिमामा १० फिट सम्मको उचाईको सुनामीको लहर आएको छ । परमाणु संयन्त्र रहेको ईलाकामा सुनामीले प्रभाव पार्न सक्ने खतरा देखिएको छ ।
यद्यपि, अहिले सम्म कुनै क्षति भने पुर्याएको छैन तर सुनामी पछिको चेतावनी जारी गरिएको छ । सन् २०११ मा यसै ईलाकामा रहेको परमाणु संयन्त्रलाई सुनामीले तहस नहस पारेको थियो । पूर्वी उत्तर तटमा आएको शक्तिशाली भूकम्पको झड्का टोक्यो सम्म महसुस गरिएको थियो ।

जापानी अधिकारीहरुले फुकुसीमा क्षेत्रको तटिय क्षेत्रमा सुनामीको गम्भिर खतरा बढेको भन्दै त्यहाँ रहेका नागरिकहरुलाई अग्लो घर तथा अग्लो क्षेत्रहरुमा जान अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...