Loading...

बालुवाटारमा तीन दलका नेताबीभ बाझाबाझ , एमालेको सहमति विनै सविधान शसोधन प्रकृया अघि बढ्ने

मंसीर ६ काठमाण्डौं ।

संविधान ससोधन विधेयकको विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा तीन दलका नेताको बैठकमा एक अर्काबीच आरोप प्रत्यारोप र बाझाबाझ जस्तो भएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीको आव्हानमा भएको बैठकमा मुख्य गरी एमाले अध्यक्ष केपी ओली र काग्रेस सभापति शेर बहादुर देउवाबीच भनाभन भएको हो ।
भोली नै ससोधन प्रस्ताव दर्ता गरौं , अब मिलाएर जानुको विकल्प छैन , ढिला गर्यो भने सविधान कार्यन्यन पनि जटिल हुन्छ भन्दै प्रधानमन्त्री प्रचण्डले कुरा शुरु गरे पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ९० प्रतिशत भन्दा बढी मतले स्वीकृत भएको संविधान कार्यन्वयन गर्नुको सट्टा सीमित मान्छेको पछि लागेर सविधान ससोधन किन गर्ने भनी प्रतिवादको चेतावनी दिनु भएको छ ।
ओलीले संविधान शसोधन राष्ट्रको हितमा छैन , भन्नासाथ कमै बोल्ने गरेका देउवा कड्किएर के तपाई मात्रै देशभक्त ? हामी देशदोह्री हो ? सविधान ससोधन प्रस्ताव देशद्रोही छ ? भनी प्रतिप्रष्न गरेको स्रोतको दावी छ ।
यस्तो असहज खालको तर्क वितर्क भए पछि अध्यक्ष ओली सहित एमालेका नेताहरुले लौ तपाईहरु छलफल गर्नुस् के गर्नु हुन्छ हामी हिड्यौ भन्दै बाहिरीएको बुझिएको छ ।
यसैबीच एमालेको असहमतिका बाबजुद भोली नै मधेशी मोर्चाका नेताहरुसगँ परामर्श गरेर सविधान शसोधन विधेयक दर्ता गर्ने तयारी सत्तारुढ दल काग्रेस र माओवादीले गरेका छन् । एमाले बाहिरीए पछि दुई दलका नेताहरुले छलफल जारी राखेका थिए ।
काग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले बुधबार नभए ढिलोमा बिहिबार सविधान ससोधन प्रस्ताव दर्ता हुने बताउनु भयो ।
माओवादी नेता वर्षमान पुनले एमालेले एकाएक कुरा फेरेका कारण सहमति हुन नसकेको बताउनु भयो ।
हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने, २ र ५ नम्बर प्रदेशको सिमा हेरफेर गर्ने , नागरिकता लगायतका विषयमा सविधान शसोधनको कुरा गरिएकाले एमालेले असहमति जनाएको सो पार्टीका नेताहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...