Loading...

विकास र लोकतन्त्रका लागि सूचनाको हक आवश्यक :प्रधानमन्त्री

मंसीर ६, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

लोकतन्त्रको सुदृढीकरणका लागी सुचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सूचना आयोगको सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन, २०७३ को सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले सुशासन, विकास र लोकतन्त्रको सुदृढीकरणका लागि सूचनाको हक आवश्यक रहेको बताउनु भयो ।

सूचनाको हक जति प्रभावकारी रुपमा कार्यान्वयन भयो, त्यति नै लोकतन्त्र बलियो हुने भन्दै उहाले त्यसपछि मात्रै सुशासन कायम र विकास एवं समृद्धिले गति लिने बताउनु भयो ।

सार्वजनिकीकरण कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदी, राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त कृष्णहरि बाँस्कोटा लगायतले सूचनाको हक र नेपाल सरकारका विभिन्न निकायहरुको कार्य प्रगति अवस्थाबारे धारणा रानुभएको थियो ।

प्रतिवेदनमा नेपाल सरकारका ३१ वटै मन्त्रालयले सूचनाको हक कार्यान्वयनका सन्दर्भमा चालेका कदम र गरेका प्रगतिहरुको नतिजासमेत उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...