Loading...

माओवादी केन्द्रको पोलिटब्युरो बैठक मंसिर ११ र १२ गते

काठमाडौ ,६ मंसिर ।
सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव दर्ता गराउने विषयमा छलफल र आवश्यक निर्णय लिन प्रधानमन्त्री समत रहनु भएका पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएको छ ।

लाजिम्पाटस्थित अध्यक्ष दाहालको निवास आज बिहान बसेको बैठकले आज साँझ बस्ने प्रमुख तीन दलका शीर्ष नेता सम्मिलित बैठकमा संविधान संशोधनको प्रस्ताव सम्बन्धी निर्णय गर्ने अधिकार दाहालाई दिएको हो ।

बैठकले आगामी मंसिर ११ र १२ गते पार्टी पोलिटब्युरो बोलाउने निर्णय पनि गरेको छ । पार्टीको आन्तरिक संगठनबारे छलफल गर्न पोलिटव्यूरो बैठक बोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

यस्तै बैठकले स्थानीय तहको निर्वाचनपछि मात्र पार्टीको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन अघि राष्ट्रिय भेला नहुने भएपछि निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।

यसअघि गत मंसिर २ गते हुने भनिएको माओवादी केन्द्रको राष्ट्रिय भेला अनिश्चित बनेको थियो । बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा पनि छलफल भएको पार्टी प्रवत्ता भुसालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...