Loading...

संविधान कार्यन्वयन गर्न पुरानै संरचना अनुसार निर्वाचन हुनुपर्छ : नेपाल

काठमाडौ ६ मंसिर ।  

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै संरचना अनुसार भएपनि स्थानीय तहको चुनाव गर्नुपर्ने बताउनु भएको छ ।

प्रेस चौतारी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेकाले पुरानै संरचना अनुसार भएपनि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले निर्वाचनका लागि संविधान संशोधन नभई निर्वाचन सम्बन्धी कानुन, ऐन र निर्देशन आवश्यक रहेको धारणा राख्नुभयो ।

संविधान संशोधनको माग गरिरहेका मधेस केन्द्रित दललाई पनि सकेसम्म सहमतिमा ल्याएर स्थानीय निकायको निर्वाचनका लागि दलहरु जुट्नुपर्ने नेता नेपालको भनाई छ ।

सिमाङ्कन हेरफेर गरेर गरिने संविधान संशोधन आम नागरिकलाई मान्य नभएको बताउँदै नेता नेपालले ५ नम्बर प्रदेशका पहाडी भूभाग अलग गरिए देशैभर आन्दोलनको सिर्जना हुने जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...