Loading...

नयाँ शक्ति नेपालको केन्द्रिय कार्यसमिति बैठक बस्दै

काठमाडौ ६ मंसिर ।
नयाँ शक्ति नेपालको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि राजधानीको धोवीघाटमा बस्ने बैठकमा पार्टीको भावी रणनितिका सम्बन्धमा छलफल हुने जनाएको छ ।

विषेश राजनितिक समितिले तयार पारेको एजेन्डामाथि आजको बैठकमा थप छलफल गरी अन्तिम रुप दिने तयारी भएको सो पार्टीले जनाएको छ । गत शुक्रबार बसेको समिति बैठकले विभिन्न ६ वटा कार्ययोजना निर्माण कार्यदल गठन गरी कार्ययोजना तयार पार्ने जिम्मेवारी दिएको थियो ।

उक्त कार्यदलले घर आँगनमा नयाँशक्ति, राष्ट्रिय तथा सामाजिक अभियान, स्थानीय निकाय निर्वाचन, संगठन विस्तार र अधिवेशन, आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन लगायतका कार्ययोजना तयार पारेका छन् ।

कार्यसमिति बैठक आगामी बुधबारसम्म जारी रहने नयाँ शक्ति नेपालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...