Loading...

पर्सा वन्यजन्तु आरक्षमा आजबाट बाघ गणना हुदै

काठमाडौ ६ मंसिर । 

पर्सा वन्यजन्तु आरक्षमा आजबाट बाघ गणना तथा अनुगमन कार्य सुरु गर्दैछ । करिब दुई माहिने विषेश अनुगमन कार्यक्रमका लागि ३५ जना तालिमप्राप्त प्राविधिकलाई खटाएको राष्ट्रिय प्रकृति संरक्षण कोष पर्साका कार्यक्रम अधिकृत शशांक पौडेलले जानकारी दिनुभयो ।

एक सय ६७ वटा ग्रिडमा स्पचालित क्यामेराबाट बाघ तथा आहारा प्रजातिको अनुगमनका लागि प्राविधिक टोली खटिनेछ । टोलीलाई दुई ब्लकमा विभाजन गरी क्यामारा ट्रयापिङ प्रणालीबाट बाघको गणना तथा अनुगमन गरिने जनाइएको छ ।

सन् २०२२ सम्ममा बाघको संख्य दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य लिएको सरकारले विभिन्न वन्यजन्तु आरक्ष तथा विषेश वन क्षेत्रमा बाघ अनुगमनको कार्य सुरु गरेको हो । गत वर्षको अनुगमन अनुसार पर्सा वन्यजन्तु आरक्षमा १९ वटा बाघ रहेका छन् ।

सन् २०१३ मा गरिएको राष्ट्रिय बाघ गणना अनुसार आरक्षमा ७ वटा बाघ रहेका थिए । पर्सा, बारा र मकवानपूरमा गरी ३ वटा जिल्ला समेटिएको आरक्ष ६ सय २७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...