Loading...

संशोधन प्रस्तावमा सहमति जुटाउन प्रमुख तीन दलको बैठक साँझ बस्दै

काठमाडौ ६ मंसिर ।
मधेशी मोृर्चाको माग सम्बोधनका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउने सम्बन्धमा सहमति जुटाउन प्रमुख तीन दलको बैठक आज बस्दैछ । बैठक साँझ ५ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइएको छ ।

संविधान संशोधनको औचित्य पुष्टी गर्न सरकार असफल भएको भन्दै प्रतिपक्षी दल एमालले समर्थन नगर्ने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाउनु भएको हो ।

यसअघिका बैठकमा संशोधनको औचित्य पुष्टी गर्न सके प्रस्तावलाई समर्थन गर्ने बताउदै आएको एमालेको हिजो बसेको स्थायी कमिटी बैठकले सत्तारुढ दलहरुले जवरजस्ती संशोधन विधेयक अघि बढाए प्रतिवाद गर्ने निर्णय समेत गरेको छ ।

प्रधानमन्त्री दाहालसहित सत्तारुढ दलका शिर्ष नेताहरुले संविधान संशोधनका लागि एमाले तयार रहेको सार्वजनिक अभिव्यक्ति दिइरहेको समय स्थायी कमिटी बैठकले त्यस्को समेत खण्डन गरेको छ ।

प्रमुख दलको आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमालेको आधिकारिक धारणा पेश गर्ने तयारी गरेको पार्टी सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।

यस्तै संसदमा छलफल जारी रहेको निलम्वित अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महअभियोग प्रस्ताव पारित गराउने सम्बन्धमा पनि बैठकमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...