Loading...

राप्रपा र राप्रपमा नेपाल विच आज पार्टी एकीकरण हुदै

काठमाण्डौ मंसिर ६ ।
राप्रपा र राप्रपा नेपालबीच आज पार्टी एकताकोे घोषणा हुदै छ । एकीकरणको लामो प्रयासपछि दुवै पार्टीले आज राजधानीको प्रज्ञा प्रतिष्ठानमा दिउसो १ बजे हुने एक कार्यक्रमका विच एकता घोषणा गर्न लागेका हुन् ।

राजा सहितको हिन्दु राष्ट्रको वकालत गर्दै आएको राप्रपा नेपाल र गणतन्त्र स्वीकार गरिसकेको राप्रपाबीच राजतन्त्र विषयमा आगामी महाधिवेशनबाट टुंगोमा पुग्ने सहमति जुटेपछि एकता सम्भव भएको हो ।

एकीकृत पार्टीको नाम राप्रपा हुनेछ भने निर्वाचन चिन्ह गाई तय गरिएको छ । एकीकरणपछि जबरा राष्ट्रिय अध्यक्ष र थापा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता बन्ने बताइएको छ । पार्टी एकिकरण पश्चात महाधिवेशन नभए सम्म दुइ अध्यक्ष नै कायम रहनेछन् ।

समान विचारधारा बोकेका राजनीतिक दलसँग सहकार्य र एकता गर्ने पार्टीको नीतिअनुरूप राप्रपा नेपाल र राप्रपा पार्टीबीच एकीकरण हुन लागेको भन्दै सो पार्टीले खुसी व्यक्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आज हुने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता घोषणा सभालाई ऐतिहासिक र अविस्मरणीय बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...