Loading...

सांसदलाई खातै खात , जनतालाई पुर्पुरोमा हात !

काठमाण्डौं मंसीर ५  । सविधान ससोधन र कार्यन्वयन, विकास निर्माण, अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्कीको मुद्धाको बहस छाडेर सांसदहरुले आफ्नै तलव सेवा सुविधा र वैठक भत्ता दोव्वर पार्ने विधेक पारीत गरेका छन् । “संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि विधेयक, २०७३” लाई पनि बहुमतले पारित गरेको छ । उक्त विधेयकमाथिको दफाबार छलफल सकिए लगत्तै विधेयक पारित भएको हो ।  संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि विधेयक माथि विभिन्न राजनीतिक दलका ११ जना सांसदहरुले ७ वटा संशोधनका सूचना दर्ता गराएका थिए भने सम्बन्धित मन्त्रिको जवाफ पछि अन्त्यमा दुई जना सांसदहरुले विरोधको सूचनालाई फिर्ता लिए भने बाँकी विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।
अब नया व्यवस्था अनुसार सांसदले मासिक एक लाख १४ हजार रुपैया सम्म पाउने छन् , जुन एउटा सामान्य मजदुरले एक वर्षमा पनि कमाउन सक्दैन ।   उनीहरुले आफूले व्यक्त गरेको प्रतिवद्धता अनुसार विकास निर्माणको काम गर्न सकेका छैनन् ।

नयाँ व्यवस्था अनुसार सांसदले ५५ हजार २३० पारिश्रमिक पाउनेछन् । त्यस बाहेक विशेष भत्ता १०००, बैठक भत्ता प्रतिदिन ५००, सञ्चार सुविधा मासिक ३०००, घर भाडा १८,००० तथा फर्निचर खर्च १५ हजार पाउनेछन । यसै गरी यातायात सुविधा प्रतिदिन १ हजार, दैनिक भत्ता प्रतिदिन २५०० एवं बिजुलीधारा पानी भत्ता २००० पाउनेछन्। सबै खर्च जोड्दा सांसदले एक महिनामा एक लाख १४ हजार रकम पाउने देखिएको छ ।

धेरै जसो सांसदले आफ्नो  कार्यकाल पछि काठमाण्डौंमा घर घरेडी जोडेका छन् । उनीहरु सचिवालय भित्र प्राप्त हुने सुविधा र पैसा बचाउन स्वकीय सचिव जस्ता पदमा आफ्नै परिवार वा नातेदार राखेर तलव बुझ्दै आएको यस अघि सार्वजनिक भईसकेको छ ।

यसले सांसदहरुको आर्थिक मोह अपारदर्शीता, एवं सांसद विकास कोषको रकम परिचालनमा समेत प्रश्नहरु उठ्दै आएका बेला अर्को आलोचनाको विषय थपेको छ ।   चोक चोकमा र सामाजिक सञ्जालमा सासदको सुविधा वृद्धिको विरोधको स्वर सुन्न थालिएको छ ।
सांसदको सुविधा वृद्धि भए पछि संसदको बैठक भने १४ गते सम्मका लागि स्थगित गरिएको छ ।

यस्तोमा १४ मंसीर सम्म ससदको बैठक स्थगित गरेर सभामुख ओनसरी घर्ती रुसको भ्रमणमा गएकी जादै छिन् ।  यता एक सय ५७ जना सांसदले दर्ता गरेको अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्की विरुद्धको मुद्धा समेत छायामा पार्ने गरी सेवा सुविधा वृद्धि गर्ने विधेयक पारीत गरेर सासदहरु बाहिरीएका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...