Loading...

संसदद्धारा विभिन्न विधेयकहरु स्वीकृत

मंसीर ५ काठमाण्डौं ।  व्यवस्थापिका संसदको आजको बैठकले “कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको छ । बैठकमा उद्योगमन्त्री नविन्द्रराज जोशीको तर्फबाट सहकारी तथा गरिवी निवारणमन्त्री हृदयराम थानीले उक्त विधेयक माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
संसद भवन नयाँ बानेश्वरमा जारी संसद बैठकमा “संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि विधेयक, २०७३” माथि दफाबार छलफल भैरहेको छ भने छलफल पश्चात् सो प्रस्तावलाई आजै पारित गर्ने कार्यसूची समेत रहेको छ ।
त्यस्तै संसदको आजको बैठक पनि निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की उपर नेकपा(माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाही सहित १५७ जना सांसदहरुले दर्ता गराएका महभियोग प्रस्ताव माथि छलफल जारी रहने भएको छ ।
महाभियोग प्रस्ताव माथिको छलफलमा भाग लिन आंकाक्षी सांसदहरुको सूची लामो भएकोले त्यसलाई छोट्याएर प्रस्तावलाई आजै महाभियोग सिफारिस समितिमा पठाउने तयारी संसद सचिवालयले गरे तापनि अवस्था भने त्यस्तो देखिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया

Loading...