Loading...

निर्वाचन कानुनमाथिको संसोधन प्रस्तावमाथि छलफल सुरु

काठमाडौं, मंसिर ५ ।

संसदको राज्यव्यवस्था समितिमा निर्वाचन सम्बन्धि सबै काम गर्ने जिम्मेवारी निर्वाचन आयोगलाई दिनेबिषयमा छलफल भएको छ ।

आज बसेको समितिको बैठकले निर्वाचन मिति घोषणा लगायतका काम आयोगलाई दिने लगायतका निर्वाचन कानुनहरुको बारेमा परेका संशोधनमाथिको छलफल सुरु गरेको हो ।

बैठकमा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारका बारेमा परेका संशोधन प्रस्तावहरुबारे सरोकारवाला पक्षसँग छलफल भएको थियो । निश्पक्ष निर्वाचन गराउनका लागि आफुलाई निर्वाचनको मिति तोक्ने ,कर्मचारी खटाउनेदेखि सबै अधिकार हुनुपर्ने आयोगको प्रस्ताव छ ।

बैठकमा धारणा राख्दै आयुक्त इला शर्माले निर्वाचनको मिति घोषणाको अधिकार आयोगले पाउनुपर्ने माग गर्नुभयो । दक्षिण एसियाका अन्य सबै मुलुकमा त्यस्तो अभ्यास भइरहेको शर्माको भनाई छ ।

जवाफमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकार निर्वाचनको मिति घोषणा गर्ने जिम्मेवारी आयोगलाई नै दिनेपक्षमा रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...