Loading...

रुकुममा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु

रुकुम, मंसिर ५।
रुकुममा आज विहान सवारी दुर्घटना हुदा दुइ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मारोवाङ–३ की सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर बिक रहेका छन् ।

रुकुमकोट–९ को रातापहरामा बा १ ख ९६९१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मारोवाङ–३ की पुर्णीमा सुनार, सल्यानका अर्जुन बिक र रुकुम स्यालाखदीका कमल बिक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्वास्थ्य चौकी रुकुमकोटमा उपचार भैरहेको छ ।

घटनाको खबर पाए लगतै इलाका प्रहरी कार्यालय रुकुमकोटको प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । दुर्घटनाको कारण थाहा नभएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...