Loading...

आज अन्तर्रा्ष्ट्रिय बाल अधिकार दिवस,विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, मंसिर ५।
आज अन्तर्रा्ष्ट्रिय बाल अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसको यस वर्षको नारा सम्वद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने तय गरिएको छ ।

संयुक्त राष्ट्र संघले बाल अधिकार सम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा पारित गरेको हुनाले हरेक वर्षको नोभेम्बर २० तारिख का दिन अन्तर्रा्ष्ट्रिय बाल अधिकार दिवस मनाइन थालिएको हो ।

बालश्रम, बालबालिकाविरुद्ध हुने हिंसा, दुर्व्यवहार, सजाय, जोखिम काममा बालबालिकाको प्रयोग लगायतका समस्या समाधानको लागि अहीलेको नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा बाल अधिकारकमीहरुले जोड दिदै आएका छन् ।

बालअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आज दिवसको अवसरमा मुलुकभर बालअधिकार प्रति प्रतिवद्धता र जनचेतना बढाउने खालका कार्यक्रमहरुको आयोजना गरेका छन् ।

बालअधिकारको क्षेत्रमा लगातार जस्तो आवाज उठ्दै आएपनि प्रगति भने उल्लेख्य नभएको बाल अधिकारकमीहरुले बताएका छन् ।

दिवसकै अवसरमा केन्द्रीय बालकल्याण समितिले आज नेपालमा बालबालिकाको स्थिति बारे वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ ।

यस्तै ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२’ र दीगो विकास लक्ष्यको कार्यान्वयनका लागि सिविन नेपालले छलफल गर्ने तयारी समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...