Loading...

नाङ्सालको ७१ औं साहित्यीक कार्यक्रम सम्पन्न

काठमाडौ ५ मंसिर । 

तामाङ भाषा साहित्यका क्षेत्रमा क्रियाशिल संस्था नाङ्साल क्लब नेपालको ७१ औं नियमित साहित्यीक श्रंखला तथा मन्जु मोक्तानको उपचारार्थ सहयोग रकम हस्तान्तरण कार्यक्रम हिजो राजधानीमा सम्पन्न भएको छ ।

काठमाडौको प्रदर्शनी मार्गस्थित आर आर क्याम्पसमा भएको कार्यक्रममा क्लबको पहलमा संकलित ५० हजार ३ सय १५ रुपैयाँ रकम अध्यक्ष दिर्गा सिंह तामाङको हातबाट मन्जु तामाङलाई हस्तान्तरण गरिएको हो ।

उक्त रकम क्लबमा आन्तरिक र बाह्य रुपमा संकलन गरिएको क्लबका अध्यक्ष तामाङले जानकारी दिनुभयो । साथै कार्यक्रममा वरिष्ठ गायक तथा संगितकार विश्व दोङको पहलमा संकलन भएको ३२ हजार रुपैयाँ सहयोग रकम पनि हस्तान्तरण गरिएको थियो ।

nnnnn

१२ वर्षको उमेरमा अत्याधिक ज्वरोका कारण दुवै कानबाट श्रवण शाक्ति गुमाएकी काभ्रे मेटवलका मन्जु मोक्तानको उपचारका लागि अहिले देश विदेशबाट सहयोग अभियान सन्चालन भइरहेको छ । उनको उपचारका लागि २२ लाख रुपैयाँ लाग्ने उपचारमा संलग्न चिकित्सकको भनाई छ ।

manjuuuuu

कार्यक्रममा साहित्यिक श्रंखला अन्तरगत साहित्यकार योगेश राल्फाली, विष्णु थिङ, सम्देन दोङ, प्रबिता वाइबा, मिथिला स्याङ्तान, रन्जना मोक्तान, पे्रम थिङ, रचना मोक्तान, वाङ्जु वाईबा, शितल तामाङ लगातका स्राष्टले आ आफ्नो रचना वाचन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...