Loading...

संसदमा आज पनि महाअभियोग प्रस्तावमाथिको छलफल जारी रहने

काठमाडौ ५ मंसिर ।
व्यवस्थापिका संसदको बैठकमा आज पनि अख्तियार प्रमुख कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल हुदैछ । बैठक दिउँसो एक बजेपछि नयाँबानेश्वरस्थित संसद भवनमा बोलाइएको छ ।

आजको बैठकमा पनि प्रस्तावमाथि बोल्न बाँकी रहेका सांसदहरुले धारणा राख्ने क्रम जारी रहने संसद सचिवालयले जनाएको छ । महाअभियोग प्रस्तावमाथि हालसम्म ५१ जना सांसदहरुले आफ्ना धारणा राखिसकेका छन् ।

प्रस्तावमाथि संसदमा सैद्धान्तिक छलफल सकाएर आजै थप अध्यायन र अनुसन्धानका लागि महाअभियोग सिफारिस समितिमा पठाउने तयारी समेत रहेको संसद सचिवालयका सहयक प्रवक्त सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

यद्यपी बोल्ने अकांक्षीहरु धेरै रहेकाले प्रस्ताव समितिमा पठाउने सम्भावन कम रहेको बताइएको छ । संसदले प्रस्ताव सिफारिस समितिमा पठाएपछि पहिलो बैठक बसेको तीस दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था छ ।

यस्तै समितिले आरोपित व्यक्तिलाई आफूमाथि महाअभियोग लगाउनु नपर्नेको कारण प्रस्तुत गर्न सात दिनको समय दिनेछ । त्यसपछि थपिएको सात दिनमा पनि आफ्नो कुरा राख्न नसके समितिले प्रतिवेदन स्वतः संसदमा बुझाउने प्रावधान रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...