Loading...

शान्ति सम्झौताको १० वर्ष , ९ सरकार बने तर पूरा भएन शान्ति र न्यायको चाहना

मंसीर ५ काठमाण्डौं । तात्कालीन विद्रोही नेकपा माओवादी र सरकारबीच बिस्तृत शान्ति सम्झौता पूरा भएको आज १० वर्ष पूरा भएको छ । तात्कालीन प्रधानमन्त्री एवं स्वर्गीय गिरीजा प्रसाद कोईराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यो दश वर्षको अवधिमा ९ वटा सरकार परिवर्तन भएका छन् । राजतन्त्र हटाएर गणतन्त्र स्थापना समेत भयो , सेना समायोजन आशिंक रुपमा सम्पन्न भयो तर पनि त्यस प्रतिवद्धता अनुसार शान्ति र परिवर्तनका थुप्रै काम गर्न सरकार र राजनीतिक दलहरु असफल देखिएका छन् ।

अहिले सम्म वेपत्ता पारिएका नागरिकहरुको अवस्थाबारे राज्यले सार्वजनिक गर्न सकेको छैन, द्धन्दका पीडकलाई सम्झौता अनुसार कार्बाहीको दायरामा ल्याउने काम भएको छैन । त्यसै गरी राज्यसगँ द्धन्दमा मारिएका र वेपत्ता भएका नागरिकको यकिन तथ्याकंक समेत रहेको छैन ।
वेपत्ता खोजविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको दुई वर्ष वित्न लागे पनि त्यसले समेत कुनै काम गर्न सकेको छैन ।
त्यसै गरी द्धन्दपीडितहरुलाई दिईने क्षतिपुर्ति र राहत समेत अहिले सम्म पीडितहरुले पाउन सकेका छैनन् ।
यस बीचमा अन्तरीम सविधान र सविधान सभाले गरी दुई पटक संविधान निर्माण भए पनि यो लागू हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया

Loading...