Loading...

काग्रेस एमाले छाडेर उपेन्द्र यादवको पार्टीमा लागे कार्यकर्ताहरु

काठमाडौं ४, मंसिर । पहिचान र संघीयताको पक्षमा रहेका साढे तीन सय जना युवाहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी समानान्तर समूह परित्याग गरी उनीहरु पहिचान पक्षिय पार्टी फोरम नेपालमा प्रवेश गरेका हुन् ।
फोरम नेपालको केन्द्रीय मुख्यालय तीनकुनेमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशी युवाहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले अबिर मालासहित स्वागत गरेका छन् । शुभकामना तथा बधाई दिँदै अध्यक्ष यादवले उत्पीडित समुदायको हितमा जारी लडाइँ चुनौतीपूर्ण रहेकोले पहिचान र संघीयताको पक्षमा संघर्ष गर्न युवाहरुलाई आह्वान गरे ।
राप्रपा समानान्तरका केन्द्रीय सदस्य प्रेमराज लावतीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी एकै पटक ठूलो समूहमा प्रवेश गरेको युवा समूहले जारी संघर्षलाई थप उचाइँमा पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन् ।
लिम्बूवान प्रदेश संघर्ष समितिको व्यवस्थापनमा आयोजित पार्टी प्रवेश कार्यक्रम भव्य रुपले सफल भएसँगै मधेशी, आदिवासी जनजाति, थारु, खस, मुश्लिम, महिला लगायत समग्र उत्पीडित समुदायको आवाज झन् बुलन्द भएर उचाइँ लिने अध्यक्ष यादवले बताए । बाहिरा हल्ला चले जस्तो संविधान संशोधन भए कुनै पनि हालतमा मान्य नहुने भन्दै अध्यक्ष यादवले जनतालाई अधिकार सम्पन्न बनाउने पक्षमा प्रमुख तीन दल नरहेकोले आन्दोलनलागि तयार रहन सबैलाई आह्वान गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...