Loading...

संबिधान संसोधन मधेशको होईन,मधेसी दलको माग हो : ज्ञवाली

पाल्पा , ४ मंसिर ।
नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले मधेशवादी दलको स्वार्थ पुरा गराउन एमालेले संबिधान संसोधन प्रस्तावमा समर्थन नगर्ने दोहोर्याउनु भएको छ ।

प्रेस चौतारी पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले संविधान संशोधन, अङ्गिकृत नागरिकता, सीमाङ्न हेरफेर वास्तविक मधेसी जनताको हितमा नभएको पनि स्पष्ठ पार्नुभयो । मधेसवादी दलहरुको स्वार्थको लागि मात्र संसोधन प्रस्ताव आउन लागेको उहाको भनाई छ ।

देशमा तीनै तहका निर्वाचन गर्नुपर्ने जोड दिदै जनताको हित, आवश्यकता र समयको माग अनुसार भने संसोधन हुन सक्ने तर्क गर्नुभयो ।

अङ्गिकृत नागरिकलाई राज्यका सबै तहमा पुग्ने अधिकार दिने, वर्तमान सात प्रदेशको सीमाङ्कन हेरफेर गर्ने र ५ नम्बर प्रदेशलाई विभाजन गर्नेलगायतका विषयमा नेकपा एमालेको समर्थन नरहेको उहाले स्पष्ठ पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...