नेपालमै पहिलो पटक पत्रकार महासंघ सुनसरीले साधारण सदस्यका लागी परीक्षा लियो


धरान ,४ मंसिर ।
नेपाल पत्रकार महासंघ सुनसरी शाखाको सदस्यताका लागि परेका आवेदनहरु मध्ये आवेदन कर्ताहरुको छनौट परीक्षा प्रणालीबाट गरेको छ ।

आज शनिबार महासंघको कार्यलय धरान १३ अमर हाटमा रहेको भवनमा छनौट प्रक्रिया अन्र्तगत दिउसो १२ बजे देखी १ बजे सम्म परिक्षा संञ्चालन गरिएको थियो ।

छनौट समितिको संयोजक बरिष्ठ पत्रकार हर्ष सुब्बाको नेतृत्वमा सदस्यहरु पत्रकार महासंघ सुनसरी जिल्ला अध्यक्ष केशब घिमिरे,गणेश निरौला,सिता मादेम्बा,भोजराज श्रेष्ठ, श्रीशिसा राई, तथा कार्य समिति सदस्य भरतराज शर्माको टोली खटी परिक्षा सञ्चालन भएको थियो ।

महासंघमा नया सदस्यताका लागी ८२ जनाको आवेदन परेपनि लिखित परिक्षामा ६० जना मात्र सहभागी भएको पत्रकार महासघ सुनसरीका कार्यबाहक सदस्य तथा परिक्षा छनौट समितिका सदस्य भोजराज श्रेष्ठले जानकारी दिनु भएको छ ।

patrakarko-exam

परीक्षा प्रणली र सदस्यताका लागि सिफारिस गर्दा समितिले बनाएको मापदण्डका आधारमा परिक्षा अगाडि बढाईएको पनि श्रेष्ठले जानकारी दिनुभएको छ ।

परीक्षा शान्तीपुर्ण बाताबरणमा सम्पन्न भएको र उत्तर पुस्तीका जाच गर्नै कार्य भईरहेको पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशब घिमिरेले जानकारी निुभएको छ ।

शनि, मंसिर ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter