Loading...

निजी अस्पतालहरुको छाता संगठन अफिनमा नया“ कार्यसमिति, चौधरी र थापाको दोस्रो कार्यकाल

काठमाण्डौ , मंसिर ४ ।
निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्ट्च्यिुसन (अफिन) को नया“ कार्यसमिति चयन भएको छ ।

राजधानीमा शनिवार सकिएको अफिनको १९ र्आै साधरणसभाले नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । आगामी तीन वर्षका लागि नया“ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अल्का अस्पतालका अध्यक्ष कुमार थापा पुनः निर्वाचित हुनुभएको छ । चौधरी र थापाको यो दोस्रो कार्यकाल हो ।

अफिनको केन्द्रिय उपाध्यक्षमा भने आशा अस्पताल चितवनका नारायणसिंह कु“वर निर्वाचित हुनुभएको छ । मुलुक संघिय संरचनामा जाने तयारी भएपनि राजनीतिक र प्रशासनिक रुपमा पुर्नसंरचना बा“की रहेको भन्दै अफिनले तत्कालका लागी पुरानै संरचना अनुसार कार्यसमिति चयन गरेको छ ।

साधारण सभाले क्षेत्रिय उपाध्यक्षहरुमा मध्यमाञ्चलबाट नारायणी सामुदायिक अस्पतालका पुष्पराज शर्मा, पूर्वाञ्चलबाट लाइफ गार्ड अस्पतालका डा. कैलाश कुमार श्रेष्ठ, पश्चिमाञ्चलबाट पदम नर्सिङ होमका नरेन्द्र बास्तोला, मध्यपश्चिमाञ्चलमा (राप्ती लाइफकेयर अस्पतालका हरिप्रसाद रिजाल र सुदुरपश्चिमाञ्चलबाट पद्मा अस्पतालका गजेन्द्रविर चन्दलाई निवार्चित गरेको हो ।

अफिनका अध्यक्ष बसन्त चौधरी र बरिष्ठ उपाध्यक्ष कुमार थापा

अफिनका अध्यक्ष बसन्त चौधरी र बरिष्ठ उपाध्यक्ष कुमार थापा

यस्तै अफिनको महासचिवमा सुमेरु अस्पताल ललितपुरका हेमराज दाहाल, सचिवमा विजयपुर अस्पतालका पंकज खतिवडा र कोषाध्यक्षमा नेपाल क्यान्सर हस्पिटकी स्वरुपा श्रेष्ठ निवार्चित भएका छन् ।

यसैगरी केन्द्रीय सदस्यहरुमा गोपिकृष्ण न्यौपाने, लोकबहादुर टण्डन, राजकुमार थापा, कैलाश खड्का यमबहादुर दर्लामी र भरतराज रेग्मी निर्वाचित भएका छन् ।

यस्तै क्षेत्रीय सदस्यमा पूर्वाञ्चलबाट राजेश प्रसाद विष्ट मध्यमाञ्चलमा ओमप्रकाश दवाडी, पश्चिमाञ्चलबाट गोविन्द खनाल, मध्यपश्चिमाञ्चलबाट चन्द्रबहादुर महतो र सुदुरपश्चिमबाट विष्णु प्रसाद सापकोटा निवार्चित भएका छन् ।

नया“ कार्यसमितिमा निर्वाचित भए लगत्तै अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुले अफिनको भवन निर्माणका लागी एक करोड रुपैया सहयोग दिने घोषणा गरेका छन् । नव निर्वाचित अध्यक्ष चौधरीले २१ लाख र केन्द्रीय सदस्य एलबी टण्डनले ग्रिन सिटी अस्पतालका तर्फबाट पनि २१ लाख रुपैया दिने घोषणा गर्नुभयो ।

यस्तै बरिष्ठ उपाध्यक्ष कुमार थापाले अल्का अस्पतालका तर्फबाट अफिनको भवन बनाउन ११ लाख दिने घोषणा गर्नुभयोे ।

यस्तै सदस्य कैलाश खड्काले वेलकेयर अस्पतालका तर्फबाट ५ लाख, गोपी न्यौपानेले व्यक्तिगत रुपमा २ लाख, उपाध्यक्ष नारायणसिंह कु“वरले आशा अस्पतालबाट ५ लाख, सचिव खतिवडाले विजयपुर अस्पतालका तर्फबाट ३ लाख, कोषाध्यक्ष श्रेष्ठले नेपाल क्यान्सर हस्पिटलका तर्फबाट ३ लाख, डा. श्रेष्ठले लाइफ गार्ड अस्पतालका तर्फबाट २ लाख र उपाध्यक्ष पुष्पराज शर्माले नारायणी सामुदायिक अस्पतालका तर्फबाट ५ लाख दिने घोषणा गर्नुभएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले निजी अस्पालहरुको सेवालाई अझै प्रभावकारी बनाउ“दै सर्वसाधरण नागरिकसम्म स्वास्थ्य सेवाको पहु“च अभिवृद्धि गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...