Loading...

भाषा र नागरिकता लगायतको बिषयमा संबिधान संसोधन : निधी

काठमाण्डौ मंसिर ४ ।

गृहमन्त्री विमलेन्द्र निधिले सीमांकन, भाषा, राष्ट्रिय सभाको गठन तथा नागरिकताको विषयमा संविधान संसोधन प्रस्ताव दर्ता गर्न लागिएको बताउनु भएको छ ।

राजधानीमा आज आयोजित औषधी ब्यवसायी संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै निधिले संविधान कार्यान्वयनका लागी संसोधन अनिवार्य रहेको बताउनु भयो ।

उहाले हिन्दी भाषा र अंगिकृत नागरिकताबारे भ्रम फैलाइएको भन्दै संविधान संसोधनका क्रममा हिन्दी भाषालाई कुनै हालतमा राष्ट्रिय भाषा नबनाइने स्पष्ट पार्नुभयो ।

अंगिकृत नागरिकता र हिन्दी भाषाको सवालमा कसैले भ्रम फैलाएको उहाको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...