Loading...

मधेसमा दुई प्रदेश नभए आन्दोलनमा उत्रने त्रिपाठीको चेतावनी

रबिन्द्र यादव

मंसिर ४, नवलपरासी ।

तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले मधेसमा दुई प्रदेशको विकल्प नरहेको बताउनु भएको छ ।

नवलपरासीको क्षेत्र नम्बर ६ को क्षेत्रिय पार्टी कार्यालय बेलाटारी मा साधारण सदस्यता वितरण अभियान कार्यक्रममा बोल्दै त्रिपाठिले मधेशमा दुई प्रदेश कायम नगरे सरकारको विरुद्धमा पुनः कडा आन्दोलन गर्ने चेतावनी दिनु भयो ।

उहाले वर्तमान सरकारले ल्याउदै गरेको आठौ प्रदेशको सगंरचना प्रस्ताव मोर्चाको तर्फबाट कुनै आपत्ती नरहेको पनि स्पष्ठ पार्नुभयो । नेता त्रिपाठीले संविधान संसोधन एवं परिमार्जित नगरि स्थानिय निकायको चुनाव गर्न खोजे आफूहरुले त्यसको कडा भन्दा कडा विरोध गर्ने बताउनु भयो ।

पुर्व भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री समेत रहनुभएका त्रिपाठिले केही नेताहरुको स्वार्थका कारण देश मुठभेड तर्फ धकेलिन सक्ने भन्दै चिन्ता ब्यक्त गर्नु भयो ।

सरकारसँग गरिएको तीन बुँदे सहमति अन्तर्गत प्रमुख तेस्रो बुँदा संविधान संशोधनमा मार्फत सिमाकंनमा आलटाल गरि वर्तमान सरकार सत्ता लम्ब्याउन खेल खेल्न खोज्दा पुनः मधेसी मोर्चा आन्दोलनमा उत्रिने संकेत देखिएको उहाले बताउनु भयो ।
साथै संविधान संसोधन गरि मधेसी थारु दलित अपांग महिला जनजातिको अधिकार सुनिश्चित गरे आफ्नो पार्टी र मोर्चा निर्वाचनमा सहभागी हुन सक्ने समेत बताउनु भयो । संविधान संशोधन प्रस्ताव दर्ता गराउन विभिन्न बहानाबाजी भइरहेको दाबी गर्दै उनलेआफूहरुको सहमति बिना मधेसमा स्थानिय निकायको चुनाव हुनै नसक्ने दाबी गर्नु भएको छ ।
यसैगरी संविधान भित्र ८८ बुदामा त्रुटि रहेकोमा प्रचण्ड सरकार अविलम्ब सच्याउनु पर्ने बताउनु भयो । विभिन्न पार्टी परित्याग गरि तमलोपा मा प्रबेश गरेका ५० भन्दा बढि नेता तथा कार्यकर्ताहरुलाई साधारण सदस्यता प्रदान गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...