Loading...

सरकारले ल्याएको संसोधन प्रस्ताव स्वीकार्य छैन : यादव

काठमाण्डौ ,मंसिर ४ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा भएका विभेदकारी प्रावधानहरुको अन्त्य हुने गरि संसोधन नगरिए आफुहरुले अस्वीकार गर्ने चेतावनी दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले सरकारले तयार पारेको भनिएको संविधान संशोधन प्रस्तावमा आफुहरुका माग नसमेटिएको भन्दै त्यो स्वीकार्य नहुने बताउनु भएको हो ।

अहिले सरकारले ४ बुँदे संशोधनको प्रस्ताव तयार गरेको भन्ने चर्चा चलेको भन्दै उहाले त्यो सत्य भए कुनै हालतमा नमान्ने बताउनु भयो ।आफूहरुले संशोधनको नाममा संशोधन मात्रै नखोजेको यादवको भनाई छ ।

संघिय गठबन्धनका संयोजक समेत रहनुभएका यादवले सरकारले संविधान संशोधनबारे आन्दोलन पक्षसँग अहिलेसम्म कुनै सहमति नै नगरेको दावी पनि गर्नुभयो ।

७ प्रदेशले मुलुकको समस्या समाधान हुन नसक्ने ठोकुवा गर्दै उहाले आयोगको प्रतिवेदन, मधेसी मोर्चासँगको सम्झौता र अन्तरिम संविधानमा उल्लेख भएबमोजिम तराई मधेस थरुहट यसमै रहने गरी पूनर्संरचना हुनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...