Loading...

तीन दलबीच निर्णयक छलफल हुने : पुन

बिराटनगर मंसिर ४ ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संविधान संशोधनमा सहमती जुटाउन तीन दलबीच आगामि मंसिर ६ र ७ गते निर्णायक छलफल हुने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गदै नेता पुनले दुई दिनको गम्भिर छलफल पछि संसोधन प्रस्तावका बिषयमा निश्कर्ष पुगिने बताउनु भयो ।

त्यसलगत्तै असन्तुष्ठ पक्षको माग संबोधन हुनेगरि संोधन प्रस्ताव संसदमा दर्ता गरिने उहाले बताउनुभयो । पुनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको सहमतीमा नै संसोधन प्रस्ताव जानेमा ढुकक्क हुन आग्रह समेत गर्नुभयो ।

संविधान कार्यान्वयका लागि स्थानीयदेखि प्रादेशिक र केन्द्रका निर्वाचन गराउनु दलहरुको मुख्य जिम्मेवारी भएको उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...