Loading...

कपिलवस्तु र मकवानपुरमा भएको सवारी दुर्घटनामा ४ को मृत्यु , ८ घाईते

काठमाडौ ,४ मंसिर ।
कपिलवस्तु र मकवानपुरमा भएको छुट्टाछुट्दै दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । अन्य ८ जना घाईते भएका छन् ।

कपिलवस्तुको बुङ्चिमा आज बिहान भएको सवारी दुर्घटनामा हुदा दुई जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमका लागि छुटेको मे १ च ३९६ नम्बरको एम्बुलेन्स र ना ४ ख ७९९६ नम्बरको बस कपिलवस्तुको बुङ्चिमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी एम्बुलेन्समा रहेका कञ्चनपुर–२२ बिजुवाका ५५ वर्षीय सुब्बा राना र ६० वर्षीय मदिया रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको भैरहवामा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा ३ च ९२८९ नं को कार मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डको चुरीखेतमा आज बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा काठमाण्डौं ज्याठाका ४० वर्षीया अनुजा श्रेष्ठ र काठमाण्डौंकै ५५ वर्षीय सरद वैध रहेका छन् । श्रेष्ठको भीमफेदीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा र वैधको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्य तीन जनालाई उपचारका लागि हेटौँडा लगिएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण कार दुर्घटनामा परेको बताइएको छ । कार सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...