Loading...

आफैंले बनाएका प्रदेश कार्यान्वयनमा नआउँदै संशोधन गर्नु हास्यास्पद  :ओली

काठमाडौ ,४ मंसिर ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैंले बनाएका प्रदेश कार्यान्वयनमा नआउँदै संशोधन गर्न लाग्नु हास्यास्पद भएको टिप्पडि गर्नुभएको छ ।

प्रदेश नम्बर ५ को भेलामा सहभागी हुन रुपन्देहीको भैरहवा पुग्नु भएका ओलीले प्रदेश टुक्राउने गरी सरकारले गर्न लागेको संविधान संशोधन प्रक्रिया आफुहरुलाई मान्य नहुने बताउनु भयो ।

जनचाहना विपरित सरकारले गर्न लागेको संसोधन प्रक्रियाको जनतासँगै मिलेर विरोध गर्ने ओलीको भनाई छ । उहाले अंगीकृत नागरिकता लिएका व्यक्ति मुलुकको जिम्मेवार पदमा पुग्ने गरी संविधान संसोधन भए एमाले त्यसको विरोधमा उत्रने चेतावनी दिनुभयो ।

अंगीकृत नागरिकता लिएका व्यक्ति जिम्मेवार पदमा पुग्दा राष्ट्रियतामाथि नै प्रश्न उठ्न सक्ने भन्दै यसप्रति सबै सचेत हुनुपर्नेमा उहाँको जोड थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...