Loading...

एकीकरणपछि सरकारमा सहभागीताकोबारे निर्णय हुन्छ : थापा

काठमाडौ ४ मंसिर ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँगको एकीकरणपछि पार्टी सरकारमा जाने नजाने भन्ने कुरा प्रधानमन्त्रीको हातमा रहेको बताउनु भएको छ ।

आज बिहान मकवानपुरको हेटौंडा पुग्नु भएका अध्यक्ष थापाले सन्चारकर्मीसँगको कुराकानीमा सरकारको काम कारवाही हेरेर मात्र एकीकरणपछि सरकारमा जाने नजाने भन्ने निर्णय गरिने बताउनु भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा आउन आग्रह गरेको भएपनि उहाँको काम र सरकारको कार्यशैलीमा राप्रपासँगको एकीकरणपछि आफ्नो पार्टी सरकारमा जाने वा नजाने भन्ने निर्णय हुने थापाको भनाई थियो ।

मधेसमा बिखण्डनकारी शक्ति सक्रिय भएको भन्दै बेलैमा सरकार र दलहरु सचेत हुनुपर्नेमा जोड दिदै उहाँले मधेशी मोर्चाले उठाएका जायज माग भने पूरा गर्नुपर्ने धारणा राख्नु भयो ।

अबको केही वर्षमा आफ्नो पार्टी देशकै सबैभन्दा ठूलो पार्टी हुने दाबी गर्दै एकीकृत राप्रपा पार्टीले तीन तहकै चुनाव गर्न सहयोग गर्ने अध्यक्ष थापाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...