Loading...

अफिनको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बाहेकका पदका लागि आज निर्वाचन हुदै

काठमाडौं, मंसिर ४ ।
निजी अस्पतालको छाता संगठन ‘एसोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल अफिनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुदैछ ।

राजधानीमा हिजो सुरु भएको अफिनको १९ औं साधारण सभा अन्तरगत आज निर्वाचन हुन लागेको हो । बिहान साढे १० बजेपछि पदाधिकारी मनोनयन दर्ता प्रक्रिया सुरु हुने अफिनले जनाएको छ ।

अफिनमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा भने पुरानै अनुहारलाई दोहोर्याउने सम्बन्धमा वर्तमान कार्यसमितिको पछिल्लो बैठकले सहमति जनाएको छ ।

अफिनको हालको अध्यक्ष समेत रहनु भएका नर्विक अस्पतालका सन्चालक बसन्त चौधरी र वरिष्ठ उपाध्यक्ष अल्का अस्पतालका अध्यक्ष कुमार थापालाई आगामी कार्यकालका लागि पनि जिम्मेवारी दिने सहमति भएको जनाएको छ ।

यी दुई पद बाहेकका अन्य पद प्रदेश उपाध्यक्ष सहित महामन्त्री र केन्द्रिय सदस्यका लागि आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...