Loading...

आजदेखि विभिन्न आरक्षित क्षेत्रको बाघ गणना गरिदै

काठमाडौ ४ मंसिर । 

सन् २०२२ सम्ममा बाघको संख्य दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य लिएको सरकारले आजदेखि बाघ पाइने क्षेत्रमा विषेश अनुगमन सुरु गर्दैछ ।

सन् २००९ मा रुसमा भएको विश्वका राष्टप्रमुखहरुको महासम्मेलनमा सहभागी राष्टहरुले सन् २०२२ सम्ममा आफ्ना देशमा भएको संख्यको दोब्बर बृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

हाल विश्वका १३ वटा देशमा मात्र बाघ संरक्षण भइरहेका छन् । दक्षिण एसियाली मुलुक नेपाल, भारत भूटान बंगलादेश र चीनमा बाघको संख्य तुलनात्मक रुपमा बढी पाइने गरेका छन् ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार आजबाट बर्दिया राष्ट्रिय निकुन्जबाट बाघ पाइने क्षेत्रको विषेश अनुगमन सुरु गर्नेछ ।

आजबाट उक्त क्षेत्रमा विषेश तालिम प्राप्त प्राविधिकको टोली अनुगमनका लागि खटिनेछ । साथै अनुगमनका लागि क्यामरा ट्रयापिङ प्रविधि प्रयोग गरिने इकोलोजिष्ट पौडेलले बताउनु भयो ।

बर्दिया राष्ट्रिय निकुन्जका साथै पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्रका वन, बाँके राष्ट्रिय निकुन्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बाघको विषेश अनुगमन गरिने विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...