Loading...

आज विश्व शौचालय दिवश , बिभिन्न कार्यक्रम गरी मनाईदै

काठमाण्डौ ,४ मंसिर ।

आज विश्व शौचालय दिवश , नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाईदैछ । शौचालयले जीवनयापनका कार्यमा पार्ने प्रभावलाई उजागर गर्दे संसारभरि शौचालय दिवस मनाईदैछ ।

सरसफाई र ब्यक्तिगत स्वास्थ्यकालागि शौचालयको महत्व फैलाउन हरेक वर्षको १९ नोभेम्वरमा विश्वले शौचालय दिवस मनाउने गरेको छ । नेपालमा यस वर्षको नारा “शौचालय र जीवनयापन या जागिर“ भन्ने रहेको छ ।

अझैपनि संसारभरि लगभग अढाई करोड मान्छेहरुले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ । करिव १०जना मध्य एकजना संसारको मान्छेले अझैपनि शौचलयमा शौचगर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनको सन् २०१५ को सर्वेक्षणले देखाएको छ ।
विश्वभर आधारभूत चर्पीको पहुँचबाहिर रहने महिलाको संख्या १ अर्ब २५ करोड छ भने नेपालमा सुरक्षित चर्पी तथा खानेपानी अभावमा झाडापखालाजस्तो सामान्य रोगबाट मृत्यु हुने बालबालिकाको दर उच्च रहेको बाटर एडको अध्ययनले देखाएको छ ।

सहरी क्षेत्रका ४० लाख जनसंख्याका लागि ६१ ओटा मात्र सार्वजनिक चर्पी रहेका छन् । यो तथ्यांक हेर्ने हो भने उपत्यकामा करिब ६५ हजार जनसंख्याका लागि एउटा सार्वजनिक शौचालय पर्दछ ।

शुरुशुरुमा खोलाका किनार, खेतबारी या पोखरीका डिलहरूमा शौचगर्ने मान्छेहरुले सभ्यताका क्रमसँगै शौचालयको रूपमा प्रयोग गर्न थालेका हुन् ।
शौचलयको प्रयोगकालागि शौचालय नभएको घरमा छोरी नदिने देखि सामाजिक वहिष्कारसम्म गर्ने ह्वीम श्रृजना गरेर विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले व्यापक भूमिका खेलेका छन् ।
तर नेपालका विकसित शहरहरुमै पनि सहज सार्वजनिक शौचालयको व्यवस्था छैन जसका कारण धेरै अप्ठेरो पर्नेगर्दछ ।
यस्तै पर्याप्त सार्वजनिक शौचालयको अभावमा मानिसहरुमा पिसाबसम्बन्धी रोग बढेको विज्ञहरु बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...