Loading...

विश्वकै ठूलो थान्का प्रदर्शनी आजबाट पोखरामा सुरु हुदै

काठमान्डौ मंसिर ४ ।
विश्वकै सबैभन्दा ठूलो बुद्ध थान्का प्रदर्शनी आजबाट पोखरामा सुरु हुदैछ । नेपाल–जापान सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा दुईदिन सम्म हुने प्रदर्शनी पोखरा रंगशालामा हुनेछ ।

७० मिटर लामो र ५० मिटर चौंडाई भएको द आर्ट अफ प्याचवर्क थान्का निर्माण भएको थान्का प्रदर्शन मूल आयोजक समितिले जनाएको छ ।

थान्का पोखरा रंगशालाको खेल मैदानमै पूर्व—पश्चिमबाट हेर्न मिल्नेगरी राखिने समितिले जनाएको छ । आज मध्याह्न १२ बजेदेखि प्रदर्शनी खुल्ला हुने छ।

त्यसअघि विहान १० बजे लखनचोकबाट लामा गुरुहरुको नेतृत्वमा बाजागाजा सहितको र्याली निकालिने आयोजक समितिका संयोजक पान बहादुर घर्तीले जानकारी दिनु भयो ।

थान्का प्रदर्शनीको उद्घाटनमा नेपाल र जापानको झण्डा प्रदर्शन गरिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...