Loading...

पाकिस्तानमा फेरी जीवित भए बुद्ध ! 

एजेन्सी कार्तिक ३ । पाकिस्तानमा गौतम वुद्ध फेरी जीवित भएका छन् । तर गौतम बुद्ध पुनः बाचेको भन्दा पनि स्वात ईलाकामा रहेको उनको ढुंगामा कुदिएको प्रतिमा पुनः संरक्षित गरिएको हो ।
विश्वमै पहिलो पटक बुद्धको ढुंगामा कुदिएको प्रतिमा स्वातमा सन् १९२६ मा सर ओरल स्टीनको अध्ययनमा फेला पारेका थिए ।

सन् २००७ मा संदीग्ध तालिवान शसस्त्र आक्रमणकारीले त्यसलाई तोडफोड गरेका थिए । यो ईशा पूर्व कालदेखिको प्रतिमा रहेको पुरातत्वशास्त्रीहरुले औल्याएका छन् । स्वातमा ९० वर्ष पहिले नै बिशाल चट्टान भित्र बुद्धको प्रतिमा निर्माण सयौ वर्ष पुरानो भएको अनुमान गरिएको छ ।

त्याहा चट्टान भित्र बौद्ध स्तुपा र मठहरु समेतको अवसेस भेटिएको सन् २०१५ को एक अध्ययनले देखाएको थियो । अन्ना फिलंगेजीको त्यो गहन रिपोर्ट पछि सरकारले ईटालीयन दुतावासको सहयोगमा बुद्धको भत्काईएको टाउको र काधलाई पुननिर्माण गर्दै अब त्यसलाई जिर्णोद्धार गर्न लागीरहेको जनाएको छ ।

buddako-salik-2

ढुंगाको माथिल्लो भागमा रहेको बुद्धको प्रतिमा र स्तुपामा जाने भर्याङ समेत ढुंगामा बनाईएको पाईएको छ । बोधीसत्व पद्यपानीको मुर्ति, ध्यानका लागि गुफाहरु, गुफाका ढोकाहरु , भित्ते चित्र, तीन वटा बौद्ध शिलालेख फेला परेको छ ।

buddako-salik-3

एक तिव्वती बौद्ध गुरुले स्वातको भ्रमण गरे पछि त्यस बारेमा पत्ता लगाएका थिए कि पाचौ शताव्दीमा बौद्ध तिर्थयात्री उद्यन,राजा ईन्द्रभूतिले भ्रमण गर्ने गरेको र राजाले आर्थिक सहयोग समेत स्तुपालाई दिने गरेको बताएका थिए ।

buddako-salik-4

buddako-salik-5

यसमा तपाइको प्रतिक्रिया

Loading...