Loading...

आफूहरुलाई निषेध गरेर जान खोजे ‘वैकल्पिक महासंघ’ बनाउने क्रान्तिकारी पत्रकारको चेतावनी

काठमाडौं , ३ मंसिर ।
अध्यक्ष इन्द्र राउतको नेतृत्वमा गएको क्रान्तिकारी पत्रकार महासंघको एक टोलीले नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टसँगको भेटमा आफूहरुलाई निषेध गरेर जान खोजे क्रान्तिकारी पत्रकार महासंघलाई वैकल्पिक महासंघ बनाएर अघि बढ्ने चेतावानी दिएका छन् । महासंघका अध्यक्ष विष्टलाई पाँचबुँदे ‘ध्यानाकर्षण पत्र’ बुझाउँदै अध्यक्ष राउतले यस्तो चेतावानी दिएका हुन् ।
शुक्रबार भएको उक्त भेटमा क्रान्तिकारी पत्रकार महासंघका महासचिव केशरमणि कटुवालले ध्यानाकर्षण पत्र वाचन गरेर सुनाएका थिए भने उपाध्यक्ष नारायण पंगेनीले गैरपत्रकारहरुको सदस्यता खारेजी गर्न र नेपाल पत्रकार महासंघलाई सक्कली श्रमजीवि पत्रकारहरुको साझा संगठन बनाउनुपर्नेमा जोड दिएका थिए ।
महासंघका सचिवालय सदस्यद्वय दामोदर खनाल र रनसुर महतराको समेत उपस्थिति रहेको सो भेटमा अध्यक्ष विष्टले क्रान्तिकारी पत्रकार महासंघले उठाएका विषयवस्तुप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको भन्दै कमी कमजोरी सच्याउँदै महासंघलाई श्रमजीवि पत्रकारहरुको साझा (छाता) संगठन बनाएर लैजान लागिपर्ने आश्वासन दिएका थिए । भेटमा महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमको पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...