Loading...

महाअभियोग प्रस्ताव पारित गराउन सांसदको जोड ,१२ जनाले धारणा राखे

काठमाडौ ३ मंसिर । बिभिन्न राजनितिक दल आबद्ध सांसदहरुले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

आजको ब्यावस्थापिका संसद बैठकमा बोल्ने सबै सांसदहरुले कार्की बिरुद्ध महाअभियोग प्रस्ताव ल्याउनु जायज रहेको भन्दै त्यसमा सबैले समर्थन जनाउन आग्रह गरेका हुन् ।

आजको बैठकमा १२ जना सांसदले धारणा राखेका थिए । जसमध्ये नारायणबहादुर कार्की , अमृत कुमार बोहरा , शिवकुमार मण्डल , राधेश्याम अधिकारी , प्रकाश ज्वाला , कर्ण बहादुर थापा , चुडामणि जंगली बिक ,गुरुप्रसाद बुर्लाकोटि , रामहरी सुबेदी , नवराज शर्मा , मानप्रसाद खत्रि र रामविर मानन्धर रहेका छन् ।

उनीहरुले कार्कीले समानान्तर सरकार चलाउन खोजेकाले महाअभियोग प्रस्ताव आउनु सान्दर्भिक रहेको धारणा राखेका थिए ।
यसअघिका तीनवटा बैठकमा ४१ सांसदले धारणा राखिसकेका थिए । संसदको अर्को बैठक आगामी आईतवार १ बजे बस्ने छ

यसमा तपाइको प्रतिक्रिया

Loading...