Loading...

‘सभ्यता र संस्कृतिमाथिको अतिक्रमण रोक्न नसके देशको अस्तित्व समाप्त’

३ मंसिर काठमाडौँ ।  सभ्यता, धर्म, संस्कृतिमाथिको अतिक्रमण नरोकिए नेपाल संकटमा पर्ने सामाजशास्त्री र सभ्याता र संस्कृतिका अभियान्तहरुले बताएका छन् ।
धर्मसभा तथा पूर्वीय दर्शन अध्ययन केन्द्रले शुक्रबार संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले सत्ता संचालकहरुले सभ्याता र संस्कृतिका विनाको राजनीति गरेकाले ऋणात्मक अवस्था भएको बताए ।
कार्यक्रममा समाजशास्त्री ललन चौधरीले धर्म संस्कृतिसहितको राजनीति रचनात्मक हुने बताए । ‘धर्म, संस्कृतिले राजनीतिलाई रचनात्मक बनाउँछ भने सभ्याता, धर्म र संस्कृति बिनाको राजनीति ध्वांसात्मक वा ऋणणत्मक हुन्छ’ चौधरीले भने । उनले धर्म धारण गर्ने विषय भएको बताउँदै नेपालमा सभ्याता, धर्म र संस्कृति हरण भएकाले ठूलो जागरणको आवश्यकता भएको बताए ।
केन्द्रका अध्यक्ष विष्णु राज पाण्डेले राजनीतिक नेताहरुले कुण्ठा र दम्भलले सभ्याता, संस्कृति र देश एनजिओ र आइएनजिओको जिम्मा लगाएको बताए । समाजको कमजोर सूचनामाथि टेकेर नेपाली सभ्यता, संस्कृतिमाथि बाह्य हस्तक्षेप बढेको बताए ।
कार्यक्रममा योगेश बरालले शासकहरुले सभ्यता र संस्कृतिप्रति गैरजिम्मेवार भएका कारण पश्चिमाहरुको अतिक्रमण बढेको बताए । ‘नेपालका शासकहरु आफ्नो सभ्यता र संस्कृति उदासिन भएकाले पश्चिमाहरुबाट नेपालका आदिवासीहरुको धर्म, सभ्यता र संस्कृतिमाथि अतिक्रमण भइरहेको छ’ उनले भने ।
संस्कृति अभियान्ता पदम श्रेष्ठले हिन्दू धर्मभित्रको विभेदले बाह्य धर्मलाई निम्ताएको बताए । हिन्दू शब्द आफैमा अतिक्रमण परेको बताए । ‘हिन्दू शब्द सिन्दू सभ्यताबाट जन्मेको हो । यो भारतमा मुसलमानहरुबाट अतिक्रमणमा परेको थियो’ श्रेष्ठले भने । उनले हिन्दू शब्द अतिक्रमित भएकाले धर्म र संस्कृतिको पुर्नव्याख्या गर्नुपर्नेमा आवश्यकता रहेकोमा जोड दिए ।
धर्मशास्त्री पूर्ण छन्तेलले समाजमा सफा र खुशी भएर बस्नु नै सभ्यता भएको बताउँदै राजनीतिक नेतृत्वको दलालीकरणका कारण नेपाली नेपाली सभ्यता, धर्म र संस्कृतिमाथि हस्तक्षेप बढिरहेको बताए ।
कार्यक्रममा खस राज्य समितिका अध्यक्ष गोरख बिसीले पूर्वीय सभ्यतामाथि अतिक्रमण तीव्र रुपमा बढिरहेको र त्यसैक्रममा नेपाली सभ्यता, धर्म र संस्कृति शिकार भइरहेको बताए । उनले कुनै देशमाथि हस्तक्षेपको पहिलो पाइला सभ्यता, धर्म र संस्कृतिको अतिक्रमण भएको बताए ।
‘अहिले पूर्वीय सभ्यतामाथि नै अतिक्रमण बढिरहेको छ । यो राष्ट्रियतामाथिको हस्तक्षेप हो । यसको रक्षा नगरेपछि देशको अस्तित्व नै समाप्त हुन्छ’ बिसीले भने ।
उनले पश्चिमी देशहरुले एनजिओ र आइएनजिओमार्फत नेपाली संस्कृतिमाथि अतिक्रमण गरेको बिसीले दाबी गरे ।
कार्यक्रममा अध्यक्ष पाण्डेले सभ्यता, धर्म र संस्कृति सम्बन्धि अध्ययन केन्द्रको अवधारणा पेश गरेका थिए । उनले नेपाली धर्म र संस्कृतिका संरक्षणको लागि केन्द्रले अभियानात्मक कार्यक्रम गर्ने जनाकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...