Loading...

मरे पछि पनि बाँच्न चाहने ईच्छा पूरा भयो १४ वर्षे बालिकाको……

मरे पछि फेरी बाँच्छु भन्ने कसैले सोचेको हुदैन ।  तर संसारमा त्यस्तो परिस्थितिको पनि विकास हुन सक्छ कि मरेको मान्छे बाच्न सक्छ अब , भलै यसका लागि अरु सयौं वर्षको अनुसन्धानको खाचो पर्ला ।
बेलायमा एक असाधारण क्यान्सर रोगबाट ग्रसित १४ वर्षकी युवतीले मरेर पनि बाच्न पाउनु पर्छ भन्ने माग सहित अदालतमा लडिरहेको केसमा आफ्नै मृत्यु अघि जीत हात पारेकी छन् । उनले आफ्नो मृत्यु नजिक आएका बेला आफूलाई मृत्यु पछि फ्रिजमा राख्ने चाहना राखेकी थिईन् । उनकी आमाले यो प्रस्ताव स्वीकार गरे पनि बुबा विरोधमा थिए । ती युवतीले आफ्नो नाम सार्वजनिक गर्न चाहेकी थिईनन् । त्यसैले यहा उनको नाम राखिएको छैन ।  अक्टुबरमै मृत्यु भएकी ती बालीकाको चाहनाको बारेमा निर्णय गर्ने अधिकार बेलायतको एक अदालतले उनको आमालाई दिएको छ ।
अब अदालतको आदेश पछि उनको शब फ्रिज गर्न अमेरीका लाने तयारी गरिएको जनाईएको छ ।  ती युवतीले आफ्नो मृत्युको केही समय अघि ईन्टरनेटमा क्रायोनिक प्रकृयाको बारेमा नया अनुसन्धान सफल भएको बताएकी थिईन् ।
क्रायोनिकमा शबलाई शुन्य देखि एक सय ३० डिग्री सम्मको चिसो तापक्रममा राखे पछि मस्तिष्क सुरक्षित राख्न सकिने निष्कर्ष उनले निकालेकी छन् । साथै पूरै शरीरलाई फ्रिज गरिए पछि भविष्यमा बिरामी निको भएर फेरी जीवित हुने संभावना हुन्छ भन्ने उनको अनुसन्धान छ ।

freez-2
ती बालीकाले न्यायधीशलाई लेखेका थिए, म लामो समय बाँच्न चाहन्छु । म जमिन मुनि दाहा संस्कार हुन चाहन्न । मलाई क्रायोप्रिजर्वेशनको प्रकृयाको मौका दिईयोस कि मेरो आशा जीवित रहोस् । भलै यसमा सयौं वर्ष किन नलागोस् ।
न्यायधीश जस्टीस पिटर जेक्सनले अस्पतालमा पुगेर ती युवतीलाई हेरे पछि बहादुरीताका साथ बाचीरहेको टिप्प्णी गरेका थिए । पछि उनै न्यायधीशले फैसला गर्दै उनको शबलाई के गर्ने भन्ने कुरा उनको बुवा आमाको अधिकार भएको फैसला गरेका हुन् ।
अहिले धेरै मानिसहरुलाई थाहा छैन कि शरीरलाई फ्रिजिगं गरीयो भने मरेर पनि फेरी बाच्न सकिन्छ भनेर । क्रायोनिक्स एक विवादीत प्रकृया समेत हो । यो सुविधा रुस र अमेरीकामा मात्र रहेको छ । जहा शरीरलाई लिक्वीड नाईट्रोजनमा अति कम ताममान दिएर राखिन्छ । यो सुविधा बेलायतमा समेत छैन । यो प्रकृयाको लागि ठूलो धनरासी खर्च गर्नु पर्छ ।  ती युवतीले आफैले अनुसन्धान गरेको प्रकृयाले मरेर पनि बाच्ने चाहना रहेको भन्दै यसरी लेखेकी थिईन् ।

freez-3
म केबल १४ वर्षको भए , म मर्न चाहन्न तर मर्नेवाला छु । मलाई लाग्छ क्रायोप्रिजव्र्डले मलाई आशाबादी बनाउने छ । म जमिनमा गाडिन चाहन्न । मलाई फ्रिजमा राखियो र प्रकृया पूरा गरियो भने म बाच्ने छु । म लामो समय बाच्न चाहन्छु ।
यही कुरामा ६ वर्षदेखि सम्पर्कमा नरहेका बाबुले असहमति जनाएका थिए । उनले मानौ २ सय वर्ष पछि उनी बाचीन भने पनि कोही नातेदार चिन्दिनन् ।  यद्यपि छोरीको फैसलालाई सम्मान गर्ने बताए । न्यायधीश पिटरले यस्तो मामला बेलायत र बेल्समा पहिलो पटक देखा परेको बताएका थिए ।
बिबिसीबाट मुख्य अंशा साभार

यसमा तपाइको प्रतिक्रिया

Loading...