Loading...

बाहिरी शक्तिको आडमा नेपाललाई टुक्र्याउने खेल हुदैछ : गौतम

प्यूठान , मंसिर ३ ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन भन्दा पनि यसको कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।

एमाले प्यूठानमा आज कार्यकर्ता प्रशिक्षण तथा गाउँ जागरण अभियान कार्यक्रममा बोल्दै उहाले अहिलेको प्रमुख आवश्यकता संविधान कार्यान्वयन नै भएकाले त्यसततर्फ सबै दल गम्भीर हुनुपर्ने बताउनु भएके हो ।

बाहिरी शक्तिको आडमा नेपाललाई टुक्र्याउने उद्देश्यले सीमाङ्कन हेरफेर सहितको संशोधन प्रस्ताव आएको आरोप लगाउदै त्यस्तो प्रस्ताव एमालेलाई मान्य नहुने चेतावनी पनि दिनुभयो ।

हिमाल पहाडलाई तराईबाट अलग्याएर नेपाल बन्न नसक्ने उहाको भनाई छ ।

संविधान कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन नभए मुलुक गम्भीर संवैधानिक सङ्कटमा पर्न भन्दै उहाले त्यसतर्फ सबै राजनितिक दल गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच आजै उपाध्यक्ष गौतम बर्जिवाङको चाल्नेटारमा निर्माणधिन चाल्नेटार विमानस्थलको अवलोकनका लागी पुग्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...