Loading...

बौद्धनाथ चैैत्यको ३ दिने सुद्धिकरण पूजा सुरु

काठमाण्डौ ,३ मंसिर ।

बौद्धनाथ चैैत्यको जीर्णोद्वारका क्रममा कुल्चिएकोले दोषपूर्ण कार्यबाट मुक्ति पाउन आजबाट सुद्धिकरण पूजा सुरु भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको पूजामा चैत्यको प्राणप्रतिष्ठा तथा बौद्ध परम्पराअनुसारका पाठलगातयका काम गरिने छ । सो पूजा यहि मङ्सिर ५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

गएको वर्ष भूकम्पले क्षति भएको बौद्ध धर्मावलम्बीको ठूलो आस्थाका रुपमा रहेको चैत्यको विभिन्न भागमा यसअघि जीर्णोद्वार गरिएको थियो ।

बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायमा निङ्मा, काग्यु, गेलुक र शाक्य चारवटा परम्परा छन् । ती परम्पराका धर्मगुरुले चैत्यको चारै दिशामा बसेर चैत्यको सुद्धिकरणका लागि विधिपूर्वक पूजा तथा शान्तिका लागि परित्राण पाठ गर्नुभएको छ ।

करिब ६०० लामा गुरुको सहभागिता रहेको उक्त कार्यक्रममा भक्तजन तथा धर्मावलम्बीको ठूलो सहभागिता छ ।

प्रधानमन्त्रीले आगामी मङ्सिर ७ गते उद्घाटन गर्ने चैत्यमा श्रीलङ्का, म्यान्मा, लाओस, भियतनाम, थाइल्यान्डलगायत दातृ मुलुकका कूटनीतिक प्रतिनिधिको सहभागितामा बताइएको छ । पाचौं शताब्दीमा निर्माण भएको सो चैत्य अहिले विश्व सम्पदा सूचीमा सूचीकृत छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...