Loading...

नक्कली डिमाण्ड र भिषा देखाई ठगी गर्ने प्रहरीको फन्दामा

काठमाडौँ, ३ मंसिर ।    नक्कली डिमाण्ड र भिषा देखाई ठगी गर्ने गुल्मी सिमीचौर–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३४ नयाँ बानेश्वर स्थित ईलान इन्टरनेशनल प्रा.लि.का संचालक ३८ बर्षीय घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागी बु्रनाईमा आकर्षक तलब छ जाने भए पठाईदिन्छु भनी दिपक प्रसाद न्यौपाने समेत ३० जनाबाट करीव १ करोड ३० लाख उठाई सम्पर्क विहिन भए पश्चात पिडितहरुले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि खटिएको प्रहरी टोलीले अनामनगरबाट उनलाई बुधबार पक्राउ गरेको हो ।  ।
अर्याललाई ठगी मुद्दामा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाँैमा पठाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...