Loading...

हत्या गरेको अभियोगमा पक्राउ

सप्तरी, ३ मंसिर ।  सिलौटा प्रहर गरी हत्या गरेको अभियोगमा डाँडा–८ बस्ने ६० वर्षीय भोला सदालाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका सदाले गएराति सोही ठाउँ बस्ने ६० वर्षीय खटर सदालाई घरमा सुतिरहेको अवस्थामा मसला पिस्ने सिलौटाले टाउकोमा हिर्काउदा गम्भीर घाइते भएकोले उपचारको लागि सगरमाथा अंचल अस्पताल राजबिराज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...