Loading...

बुहारीलाई घुम्टो ओढाएर राख्नेले समानुपातिकको कुरा नगरे हुन्छ : कार्की

काठमाण्डौ ,३ मंसिर ।

प्रधानन्यायाधीश सुशीला कार्कीले आँलोकाँचो व्यक्तिलाई समानुपातिक समावेशीका आधारमा भन्दै न्यायलयको जिम्मेवारी सुम्पन नसकिने बताउनु भएको छ ।

सप्तरी सदरमुकाम राजविराजमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले न्याय सम्पादन गर्न सक्ने र कानुनमा विज्ञता हासिल गरेका ब्यक्ति मात्रै न्यायाधीश हुन सक्ने बताउनु भयो ।

न्यायपालिका जनताको आस्थाको केन्द्र भएकाले न्यायाधीश नियुक्ति गर्दा व्यक्तिको सक्षमता, विज्ञता, अध्ययनका आधारमा मात्रै न्यायधिस बनाउन सकिने तर्क गर्नुभयो ।

कार्कीले भन्नुभयो, न्यायपालिका समावेशी र समानुपातिक हुनुपर्छ भन्ने कुरामा म पनि सहमत छु तर समावेशी समानुपातिकका नाममा आलोकाँचोलाई न्यायाधीश बनाउन सकिदैन् ।

बुहारीलाई घुम्टो ओढाएर राख्ने अनि समावेशी समानुपातिकमा नियुक्ति हुनुपर्छ भन्नु हास्यासपद भएको भन्दै त्यस्ता व्यात्तिले समानुपातिकको कुरा गरेर न्यायाधीशलाई मन्त्री पदसित नदाज्न आग्रह गर्नुभयो ।

संचारकर्मीको जिज्ञासामा उहाले न्यायपालिकामा भ्रष्टाचार हुदैन भनेर भन्न नसकिने तर बिनाकारण आरोपसमेत लगाइने गरिएको बताउनु भयो । भ्रष्टाचार वा घुस लेनदेनमा दिने र लिने दुवै उत्तिकै दोषी रहेको कार्कीले बताउनु भयो ।

राजनैतिक आस्थाका आधारमा कसैलाई पनि न्यायाधीश नियुक्ति नगरेको प्रधान्यायाधीश कार्कीको स्पष्टोक्ति थियो । नेपालको न्यापालिकामा अहिले कुनै पनि राजनैतिक प्रभाव नरहेको कार्कीले दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...