Loading...

विश्वकै ठूलो थान्का भोली र पर्सी पोखरामा प्रदर्शन गरिने

काठमान्डौ ,मंसिर ३।
विश्वकै सबैभन्दा ठूलो बुद्ध थान्का भोली र पर्सी पोखरामा प्रदर्शन गरिने भएको छ । नेपाल–जापान सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा भोली र पर्सी पोखरा रंगशालामा सो थान्का प्रदर्शन गर्न लागिएको हो ।

७० मिटर लामो र ५० मिटर चौंडाई भएको द आर्ट अफ प्याचवर्क (कपडालाई काटेर टालेको) थान्का निर्माण भएको थान्का प्रदर्शन मूल आयोजक समितिले जनाएको छ ।

थान्का पोखरा रंगशालाको खेल मैदानमै पूर्व—पश्चिमबाट हेर्न मिल्नेगरी राखिने समितिले जनाएको छ । भोली मध्याह्न १२ बजेदेखि प्रदर्शनी खुल्ला हुने बताइएको छ।

त्यसअघि विहान १० बजे लखनचोकबाट लामा गुरुहरुको नेतृत्वमा बाजागाजा सहितको र्याली निकालिने आयोजक समितिका संयोजक पान बहादुर घर्तीले जानकारी दिनु भयो ।

थान्का प्रदर्शनीको उद्घाटनमा नेपाल र जापानको झण्डा प्रदर्शन गरिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...