Loading...

रुबिनाको कप्तानीमा एशिया कप महिला क्रिकेट टोलीको घोषणा

काठमाडौ ,३ मंसिर ।
आगामी नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म हुने एशिया कप टी २० महिला क्रिकेट प्रतियोगिताका लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि सम्मिलित छनौट समितिले आज १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

अन्य सदस्यहरुमा इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मी शर्मा चौलागाईं, रोशनी बोहर, सवनम राई, सीता मगर, सरस्वती कुमारी चौधरी र सीता रानामगर छन् ।

गत महिना सम्पन्न छनौट प्रतियोगिता खेलेकी शर्मिला शाही प्रशिक्षणका क्रममा चोटग्रस्त बनेपछि टोलीमा समाबेश गरिएको छैन । चिकित्सकले उनलाई कम्तिमा तीन साता मैदान बाहिर रहन सुझाव दिएका छन् ।

उनको स्थानमा संगीता राई टोलीमा अटाएकी छिन् भने शोभा आलेलाई पनि टिममा ल्याइएको छ ।

एशियाली टेष्ट मुलकका टोलीहरुसँग प्रतिस्पर्धा हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल २६ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ ।

त्यस्तै २८ नोभेम्बरमा श्रीलंका, २८ नोभेम्बरमा बंगलादेश, १ डिसेम्बरमा आयोजक थाइल्याण्ड र २ डिसेम्बरमा भारतीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...