Loading...

मध्य तथा सुदुरपश्चिमका पर्यटकिय स्थलको फोटो तथा भिडियो प्रदर्शनीमा

काठमाडौं, ३ मंसिर ।
नेपाल पर्यटन बोडले मध्य तथा सुदुरपश्चिमका पर्यटकिय स्थललाई फोटो तथा भिडियोबाट प्रचार प्रसार गर्ने उद्देश्यका प्रदर्शनीमा राखिएको छ ।
मनघरी फाउण्डेशन र घुमफिर नेपालको आयोजना फोटो पत्रकार भरत बन्धु थापाले खिच्नु भएको फोटो तथा भिडियो प्रदर्शनीमा राखिएको हो ।
विहीबारबाट सुरु भएको प्रदर्शनी ४ दिन सम्म गरिने छ । फोटो पत्रकार थापाले मध्य पश्चिमका १५ जिल्लाका प्रमुख पर्यटकिय स्थलका ५० फोटो तथा सुदूर पश्चिमको भिडियो प्रर्दशनिमा राखिएको हो ।
पर्यटकिय सम्भावना बोकेका मध्य र सुदूर पश्चिमका पर्यटकिय स्थानका बारे सरोकारवालाहरुको ध्यान पुग्न नसक्दा सो क्षेत्रको पर्यटकिय प्रर्वद्धन हुन नसकेको थापाले बताउनु भयो ।
उहाँले उपत्यका भित्र रहेकाहरुलाई यस स्थानका पर्यटकिय स्थलहरुको जानकारी प्रदान गर्ने उद्देश्यका साथ फोटो र भिडियो प्रर्दशनी गरिएको बताउनु भयो ।
यस अघि थापाले फोटोमा कैद गरेका मध्य तथा सुदूर पश्चिमका तस्बिर सुर्खेत, दैलेख, नेपालगञ्ज र भक्तपुरमा प्रदर्शन गरिसकेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...