Loading...

महाअभियोग प्रस्तावबारे आजपनि संसदमा छलफल हुदै

काठमाडौ ३ मंसिर ।  

निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि व्यवस्थापिका संसदमा आज पनि छलफल हुदैछ । संसद बैठक नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेका लागि बोलाइएको छ ।

महाअभियोगमाथि अनुसन्धानका लागि संसदले गठन गरेको ११ सदस्यीय महाअभियोग सिफारिस समितिले हिजो आफ्नो कार्यविधि तयार पारेपछि आजको संसद बैठकले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा थप अध्यायन र अनुसन्धानका लागि पठाउने सम्भावना समेत रहेको छ ।

संसदले प्रस्ताव सिफारिस समितिमा पठाएपछि पहिलो बैठक बसेको तीस दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था छ । यस्तै समितिले आरोपित व्यक्तिलाई आफूमाथि महाअभियोग लगाउनु नपर्नेको कारण प्रस्तुत गर्न सात दिनको समय दिनेछ ।

सात दिनमा आफ्नो पक्ष राख्न नसके थप सात दिनको समय दिनेछ भने थपिएको सात दिनभित्रमा पनि आफ्नो कुरा राख्न नसके समितिले स्वतः संसदमा प्रतिवेदन बुझाउने प्रावधान रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...