Loading...

आज रातिदेखि भोलीसम्म टेलिकमको मोबाइलसेवा अवरुद्ध हुने

काठमान्डौ मंसिर ३ ।
आज रातिदेखि भालीसम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए सेवा प्रभावित हुने भएको छ ।

जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन गर्न लागिएकाले मोबाइल सेवा अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको हो ।

टेलिकमले आज रातिदेखि वायरलेस सिस्टमका जीएसएम तथा सिडिएमए सेवामा भ्वाइस कल, एसएमएस, डाटा, रिचार्ज र वाइम्याक्स सेवा अवरुद्ध हुने जनाएको छ ।

यस्तै भोली टेलिकमका ग्राहक सेवा केन्द्र सहित कार्ड एक्टिभेसन, रिचार्ज लगायत सबै सेवा बन्द हुने छ ।

टेलिकमले सिस्टम व्यवस्थापनका क्रममा सेवा अवरुद्ध हुँदा पर्नसक्ने असुविधाप्रति सेवाग्राही सँग क्षमा समेत मागेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...