Loading...

ईन्भेष्टमेन्ट बैंकको सब्सिडारी कम्पनी एनआईबिएल क्यापिटलको लापरबाही ,लगानीकर्तालाई सास्ती

 मंसीर २ काठमाण्डौं । सानो बच्चा बोकेर हिजो पनि दुई चोटी आँए , आज पनि यँहा हैन भन्छ हैरान भईसँके । हातमा शेयर भरेको रसिद बोकेर कोठा नं ८ मा आफ्नो पैसा खोज्न आएकी राजेस्वरी भट्टले भनिन् । उनले भदौ ५ गते खुलेको लघुवित्त कम्पनी आरएसडीसीको शेयर भरेकी थिईन् । उनलाई शुरुमा कार्तिक २६ मा आफ्नो शेयर नपरेको रकम फिर्ता गर्न दरवारपूर्वी गेट छेउमा रहेको एनआईविएर क्यापिटलले आईसीएफसी फाईनान्समा जान भन्यो । उनी बच्चा बोकेर आईसीएफसी पुगे पछि फेरी त्याहाबाट एनआईबिएलमै हो तपाईको भन्दै फिर्ता पठाएको उनी बताउछिन् ।
यसो गर्दै उनी आईतबार र सोमबार समेत एनआईविएलमै आए पछि एक कर्मचारीले आफ्नो मोबाईल नंम्बर दिएर फेरी आईसीएफसी पठाईदिए ।

nibl-1
यस्तै उदाहरण अन्य धेरैको छ । जसले शेयर हालेका छन् तीनीहरुको पैसा फिर्तीमा निकै ठूलो त्रुटी र झन्जट दिईरहेका छन् कम्पनीका कर्मचारीहरुले । एक दम्पत्ति आफूहरुले हालेको ३ लाख ५० हजार शेयरको पैसाको कति शेयर पर्यो कति रकम फिर्ता हुनु पर्ने हो त्यो खोज्न दिनका दिन क्यापिटलमा आएको अनुभव सुनाउदै खातामा पैसा पनि नगएको , चेक पनि नदिएको भन्दै भित्र बाहिर गरीरहेका देखिन्थे । यो घटना गत सोमबारको हो ।
त्यसै गरी अर्का लगानी कर्ता अजीत विक्रम शाहले दुई जनाको नाममा एउटै खाताबाट पैसा हालेर शेयर भरेको भए पनि फिर्ता हुनु पर्ने रकम एक जनाको मात्रै भयो । क्यापिटलले सबै पैसा खातामा गएको भन्छ तर जब उनीहरु खातामा स्टेटमेन्ट नै निकालेर हेर्दा एक जनाको ५० हजार फिर्ता नभए पछि फेरी क्यापिटलमा आएर कुरा गर्दै थिए ।

nibl-3
कोठा नं ८ मा खुट्टा दुखुञ्जेल उभिदा पनि  आफूलाई कसैले नसोधे पछि श्रेष्ठ थरका एक वृद्धाले आफूले ईन्भेष्टमेन्ट बैंकको एफपिओ शेयर १३ लाखको किनेको तर प्रमाण पत्र लिन तीन दिन लगातार आउदा पनि नपाएको भन्दै बल्ल त्यस दिन कर्मचारीले शंकर होटल छेउको कार्यलयमा जाने भने पछि उनी त्यता लागे । यस्ता गुनासो गर्नेहरुको ठूलो भीड एनआईबिएल क्यापिटलमा देखिन्छन् ।
पैसाले बाटो बिराउछ…..
आरएसडीसीकै शेयर भरेका कृष्ण कुमार श्रेष्ठले तिहार अघि नै फिर्ता हुनु पर्ने रकम खातामा पनि नआए पछि र चेक पनि नपाए पछि त्याहा पुगेर बुझे । त्यस दिन कोठा नं ८ की ममता नामकी कर्मचारीले तपाईको चेक मिल्या छैन , बैकले पैसा तान्या छैन भन्दै २० हजारको क्यापिटलले रिसिभ गरेको चेक फिर्ता गरिन् । तर प्रभु बैकमा रहेको खातामा चेक गर्दा सो रकम भदौ ८ गते क्यापिटलको खातामा ट्रान्सफर भएको देखियो ।

check

यो चेक बाट पैसा बुझेको एन आइ बिल क्यापिटल ले सुरु मा पैसा आएको छैन भन्यो तर पछि प्रभु बैंक को स्टेटमेन्ट हेर्दा पैसा झिकेको देखियो , तेस पछि मात्र पैसा फिर्ता को कुरा गरेको थियो

स्टेटमेन्टनै लगेर दिए पछि कर्मचारीले आज भोली , १० मिनट भन्दै तीन दिन पछि बल्ल यो रकम अरु नै खातामा गएको जवाफ दियो र सोही प्रकृयाबाट पैसा फिर्ता भयो ।  यसरी धेरै लगानीकर्ताहरु लाईनको झन्जट व्यहोर्दै बसे पनि कतिको चेकमा नामै गलत लेखिएको छ त कतिको खाता नं नै गलत लेखेर लगानीकर्ताहरुलाई दुखः दिईरहेका छन् ।

यस विषयमा प्रतिकृया माग्दा एनआईबिएल क्यापिटलका अफिसर अनील महर्जनले कर्मचारीको सानो तिनो गल्तीले तलमाथि भए पनि पैसा कसैको नहराउने दावी गरे । उनले पैसा रिटर्नको क्रममा कर्मचारीहरुको सानो मिस्टकले त्यस्तो भएको भन्दै यसलाई सुधार्न तयार रहेको बताए । तर क्यापिटलले खातामा गएको छ भन्ने खातामा पैसा नहुने कतिपय लगानीकर्ताहरु डराउन थालेका छन् कि यसरी कतै हाम्रो पैसा हावामा हराउने त हैन ?

anil

अनिल महर्जन , अफिसर एनआइबिल क्यापिटल

यस विषयमा थप अध्ययन जारी रहेकाले अर्को अंकमा विस्तृत विवरण सहितको खबर प्रकाशित गरिने छ ।

nibl-2

nibl-4

nibl-01

यसमा तपाइको प्रतिक्रिया

Loading...