Loading...

बिना मौरी खाद्यवस्तु उत्पादनको कल्पना गर्न सकिन्न

“अमेरिकाका बाराक ओबामा र रूसका भ्लादिमिर पुटिनदेखि चीनका जी सिङपिङ र भारतका नरेन्द्र मोदीसम्मका शक्तिशालीहरूको खानामा समेत माहुरीको मिहिनेत परेको हुन्छ” । कृषि विज्ञहरु भन्दछन् । किसानहरूका लागि मित्र कीरा मौरीले विश्वका सात अर्ब मानिसले दैनिक उपभोग गर्ने तेल, दाल, चामल, फलफूल, मसला लगायतका वस्तुहरूलाई परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ ।
बिना मौरी खाद्यवस्तु उत्पादनको कल्पना गर्न सकिन्न । विश्वमा खाद्य उत्पादन र खाद्य सुरक्षाको जिम्मा मौरीले लिएका छन् । यही कारण जीआईजेड, जाइका, हेल्भेटास लगायतका अन्तर्रािट्रय संस्थाहरूले मौरीमा भारी लगानी गरेका हुन् । पछिल्लो समय विभिन्न कारणले विश्वमै मौरी घट्दै गएको अवस्थामा विकसित तथा विकासोन्मुख मुलुकका सरकारले माहुरी विनाको मानव समाजको कल्पनाबाट आत्तिएर माहुरी नीतिमा लगानी बढाएका छन् । नेपाल भने निजी र सहकारी क्षेत्रको माहुरी पालनमा रमाएर बसेको छ ।
विश्वबजारमा ’नो पेष्ट’ महको अत्यधिक माग भए पनि नेपालले आन्तरिक माग समेत धान्न नसकेको अवस्था छ । नेपालमा मौरीपालन ः भारतमा ५० घारभन्दा बढी मौरी पाल्नेलाई अनुदान दिने व्यवस्था छ, नेपालमा नीतिगत अस्पष्टता र बजेटको अभाव छ । घार, गोला, बेमौसममा दाना र चरनमा लैजान ढुवानीमा अनुदानको व्यवस्था हुनसक्दा व्यावसायिक मौरीपालन प्रोत्साहित भएर नेपालको ’नो पेष्ट’ महले विश्व बजार लिन सक्नेमा शंका छैन । तर, यहाँ त ’काम गर्ने कालु, मकै खाने भालु’ भने जस्तो मौरीको ’म’ पनि नजानेकाले किसानको फल खाइरहेका छन् । सजिला–अप्ठ्यारा ः कृषिमा मौरीपालन सजिलो व्यवसाय हुँदाहुँदै पनि यसका अनेकौं समस्या छन् ।
परिणाम, प्रतिकिलो ५०० अमेरिकी डलरसम्म पाइने नेपाली मह अन्तर्रा्ष्ट्रिय बजारमा पु¥याउनै नसकिएको मह विज्ञ बताउँछन् । देशका मह किसानले आफ्नो ठाउँबाट काम गरे पनि सरकारले मौरीलाई अरू कीटपतंगको रूपमा मात्र बुझिदिँदा यसबाट पाइने जति लाभ लिन नसकिएको समेत अधिकारीहरुको भनाइ छ । त्यस बाहेक लामो समयसम्म मह उधारोमा दिनुपर्ने, चरनको लागि धेरै टाढा पु¥याउनुपर्ने लगायतका समस्या छन् । र पनि, लगानीको तुलनामा धेरै फाइदा हुने र काम गर्न पनि सहज हुने भएकोले नेपालमा मौरी व्यवसाय उत्साहजनक छ । मौरी पालनलाई ‘पार्ट टाइम’ व्यवसाय भन्दा फरक पर्दैन । यसलाई बंगुर, बाख्रा, कुखुरा वा गाई–भैंसीलाई जस्तो चौबीसै घण्टा टहल गर्नुपर्दैन ।
मह बनाउन आफैं कठिन परिश्रम गर्ने मौरी पालनलाई पशुपालक र फलफूल किसानले मात्र हैन, शिक्षक, वकील, नर्स, गायक, नायक सबैले ‘पार्ट टाइम जब’ बनाउन सक्छन् । मौरीले फलफूल र अरू बालीहरूमा परागसेचन प्रक्रिया चलाइरहेका हुन्छन् । यसबाट फलफूल तथा बीउ उत्पादन वृद्धिका साथै वातावरण सन्तुलनमा सघाउ पुगिरहेको हुन्छ । मौरीको कुटबाट बन्ने मैनबत्ती सुगन्धित र स्वस्थकर हुन्छ । नेपालमा मेलिफेरा र सेरेना प्रजातिका मौरी पाल्ने गरिएको छ । मह उत्पादनको हिसाबले बढी फाइदाजनक मानिने मेलिफेरा मौरी सेरेनाभन्दा अलि ठूलो र कालो हुन्छ । महको अर्थशास्त्र ः एक घार मौरीबाट वार्षिक ४० किलोसम्म मह उत्पादन हुन्छ ।
यो अनुपातमा एक सय घार मौरीबाट मोटामोटी रु.१२ लाख आम्दानी हुन्छ । अर्को कुरा मह ५० वर्षसम्म पनि बिग्रिंदैन । पुरानो महमा औषधीय गुण बढी हुने मानिन्छ । तर मह प्रशोधनमा राम्रोसँग ध्यान पुगेन भने लामो ‘मय राख्दा बिग्रन सक्छ । अहिलेको अव्यवस्थित चरनबाटै पनि वर्षेनी १५ हजार टन मह उत्पादन गर्न सकिने विज्ञहरू बताउँछन् । त्यो परिमाणलाई प्रतिकिलो रु.३०० ले गुणन गर्दा रु.४ अर्ब ५० करोड हुन्छ । ब्रान्डिङ गरेर अन्तराष्ट्रिय बजारमा पुग्दा नेपाली महले वार्षिक खर्बौं आर्जन गर्न सक्छ ।
चरन विकास गर्दा नेपालले मौरीबाटै वार्षिक १० लाख टन मह उत्पादन गर्न सक्ने विज्ञहरूको भनाइ छ । महको अन्तर्रािष्ट्रय बजार जति पनि छ । शर्त एउटै छ “पेस्टिसाइडमुक्त मह उत्पादन” । श्रमको पर्याय मौरीको कुरा गर्दा नेपालीहरूको कामप्रतिको लगाव र मिहिनेतलाई पनि सम्झ्नुपर्छ । अहिले २० लाखभन्दा बढी नेपाली युवा विदेशमा श्रम बेचिरहेका छन् । सरकारले यो पक्षलाई हेरेर पनि मौरी पालन सम्बन्धी व्यवहारिक नीति बनाउनुपर्ने देखिन्छ । समस्या ः ः नेपालमा मौरीलाई चरनको लागि एकबाट अर्को ठाउँमा लैजाँदा ठाउँ–ठाउँमा चुङ्गीकर तिर्नुपर्छ । सामुदायिक वनहरूमा मौरी चराउँदा किसानले रोयल्टी तिर्नुपर्छ ।
त्यसमाथि स्थानीय संघ–संस्था, क्लब र चुल्ठे–मुन्द्रेहरूले पनि पैसा मागेर हैरान पार्छन् । उता भारतमा मौरी चराउने किसानले चरनका क्षेत्रका मानिसहरूबाट पैसा पाउँछन् भने ढुवानीमा सरकारी अनुदान पाउँछन् । मन्त्रालयले यसमा ध्यान दिएको छैन । अर्कोतिर, नेपालमा सेरेना र मेलफेरा जातका मौरी धेरै पुरानो भइसके । यसको विकल्पमा धेरै मह दिने जातको मौरी विकास हुन सकेको छैन । यो काम कृषकस्तरबाट हुन सक्दैन । तर, ललितपुरको गोदावरी र चितवनको भण्डारा बाहेक मौरी विकास शाखा नै विस्तार हुन सकेको छैन ।
मौरीको एउटा नयाँ रानो किन्दा रु.२ लाख ५० हजारसम्म पर्छ । यस विषयमा निजी तथा सरकारी कहीँ बाटै पनि सोच नबनेको अवस्था छ । एक घार मौरीबाट वर्षमा १२० केजी भन्दा बढी मह उत्पादन गर्न सकिन्छ । यसको लागि एउटा घारमा २० फ्रेम (एक फ्रेममा १५०० देखि २५०० सम्म) मौरी हुनुपर्छ । मौरीको लागि भदौदेखि वैशाखसम्म राम्रै चरनको सुविधा भए पनि जेठ, असार र साउन बेमौसम हुन्छ । त्यसबेला कृत्रिम खानेकुराको व्यवस्था गर्नुपर्ने हुन्छ । यसबेला मौरीलाई बचाइराख्नु नै ठूलो उपलब्धि हो ।
सम्भावना र अवसर ः नेपालमा लगानी नडुब्ने क्षेत्र मौरीपालन व्यवसाय हो । तर, नीतिगत अस्पष्टताका कारण ठूलो लगानी हुन सकेको छैन । यसमा लागेका किसान पनि नीतिगत अस्पष्टता र अन्य समस्यामा परेका छन् । किसानले स–सानो लगानीमा थोरै–थोरै मह उत्पादन गरे पनि स्तरीय संकलकले ठूलो लगानी गर्नुपर्छ । त्यसकारण, आधुनिक प्रविधि सहितको मह संकलनमा व्यक्तिगत वा संस्थागत लगानीबाट नेपाली मह उत्पादक कृषकलाई अन्तराष्ट्रिय बजारसँग जोडेर मुलुकमा समृद्धि भित्रयाउने राष्ट्रिय नीति आवश्यक छ ।
कृषि विज्ञ जीवनप्रसाद राईको सहयोगमा अशिम सापकोटाको रीपोर्ट

यसमा तपाइको प्रतिक्रिया

Loading...